National life

एक करोड ७० लाख बढीको अवैध सुनचाँदी सहित नौ जना भारतीय नागरिक पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ वैशाख २०८२, बुधबार
493Shares
एक करोड ७० लाख बढीको अवैध सुनचाँदी सहित नौ जना भारतीय नागरिक पक्राउ
ncell

काठमाडौँ । सुन चाँदी जस्तो देखिने अवैध पहेँलो धातु र नगदसहित नौ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

वैशाख २ गते काठमाडौँका विभिन्न स्थानहरूमा सुन तथा चाँदीको अवैध कारोबार भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा  लिएको जानकारी दिएको छ ।

विभिन्न सुन रिफाइनिङ एण्ड टंच सेन्टरहरूमा खानतलासी गर्दा एक किलो ७६.५१८ ग्राम सुन र १ किलो ८४५.४२९ ग्राम चाँदी बरामद भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बरामद गरिएको सुनको मूल्य एक करोड ७० लाख १० हजार ६० रुपैयाँ तथा चाँदीको मूल्य ३० लाख ९ हजार ९१ रुपैयाँ रहेको छ। यस्तै उनीहरूको साथबाट नेरु ८ लाख २७ हजार ५ सय र भारु ११ हजार ७ सय रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारतको महारष्ट्र घर भई हाल काठमाडौँका विभिन्न स्थानमा बस्ने वर्ष ३० को नबनाथ बाकु कसीद, वर्ष २० को सन्दिप पोपट हजारे, वर्ष २२ को अन्सार दिलावर  सिकल्गार, वर्ष १८ को सुरज राजेश मदने, वर्ष २१ को अरमान हनिफ ईनामदाय,वर्ष २२ को मनोज सुभाष सकट, वर्ष ३८ को अमोल कुमार गोस्ले,व र्ष २० को सुनिल मिटकरी र वर्ष २० को सुरज नन्दीवाली रहेका छन्।

यो समाचार शेयर गर्नुहोस्
493SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?