National life

एनआरएनएको १२ औँ विश्व सम्मेलनका लागि उच्चस्तरीय आयोजक समिति गठन

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|१६ माघ २०८२, शुक्रबार
1.1kShares
एनआरएनएको १२ औँ विश्व सम्मेलनका लागि उच्चस्तरीय आयोजक समिति गठन
ncell

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औँ विश्व सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न सरकारस्तरबाट उच्चस्तरीय आयोजक समिति गठन गरिएको छ।

परराष्ट्र मन्त्रीस्तरीय निर्णयअनुसार फागुन २९ देखि चैत २, २०८२ (मार्च १४–१६, २०२६) सम्म नेपालमा आयोजना हुने विश्व सम्मेलनको तयारी र समग्र व्यवस्थापनको जिम्मेवारीसहित परराष्ट्र मन्त्रालयको संयोजनमा समिति गठन गरिएको हो।

समितिको अध्यक्षता परराष्ट्र मन्त्रीले गर्ने व्यवस्था गरिएको छ। सम्मेलनलाई व्यवस्थित, प्रभावकारी तथा उपलब्धिमूलक बनाउन विभिन्न सरोकारवाला सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूलाई समेटेर उक्त समिति बनाएको जनाइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आयोजक समितिको संरचना निम्नानुसार रहेको छः

अध्यक्ष

– परराष्ट्र मन्त्री

सदस्यहरू

– राष्ट्रिय योजना आयोगका सदस्य
– परराष्ट्र मन्त्रालयका सचिव
– अर्थ मन्त्रालयका सचिव
– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव
– कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव
– नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत
– श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखाका सह–सचिव
– आर्थिक कूटनीति महाशाखाका सह–सचिव
– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष
– नेपाल उद्योग परिषद्का अध्यक्ष
– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष
– डा. बद्री के.सी., अध्यक्ष, गैरआवासीय नेपाली संघ
– महेश कुमार श्रेष्ठ, अध्यक्ष, गैरआवासीय नेपाली संघ
– गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?