काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को ११औं महाधिवेशनका अध्यक्षका दुई प्रतिस्पर्धीले मतपरिणाम अस्वीकार गरेका छन् । एनआरएनएको ११औं महाधिवेशनका क्रममा भएको अनलाइन भोटिङ सिस्टममार्फत मत कब्जा गरेको भन्दै अध्यक्षका मुख्य दुई प्रतिस्पर्धीले निर्वाचन परिणाम अस्वीकार गरेका हुन् ।
अष्ट्रेलियामा रहेको कम्पनी, भेरोद्वारा फेस भेरिफिकेसन पद्धति प्रयोग गरी भएको मतदानमा अनलाइन सिस्टम कब्जा गरेको भन्दै अध्यक्षका प्रतिस्पर्धी महेशकुमार श्रेष्ठ र आरके शर्माले मत परिणाम अस्वीकार गरेका हुन् ।
असोज ३० गतेदेखि काठमाडौंमा शुरु भएको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विहीबार भौतिक उपस्थितिका साथै अनलाइन मार्फत् मतदान भएको थियो ।
२० अक्टोबर २०२३ मध्य राति घोषित निर्वाचन नतिजा अविश्वसनीय र त्रुटिपूर्ण रहेको उनीहरुको भनाइ छ । श्रेष्ठ र शर्माले शुक्रबार बिहान संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘पूर्वनियोजित रुपमा सेटिङ गरी गरिएको कथित नतिजा घोषणा हामीलाई मान्य छैन ।’
शर्मा र श्रेष्ठले भनेका छन्, ‘अनलाइन भोटिङ सिस्टम ह्याक गरेर उपाध्यक्ष पदका उम्मेदवार डा.केशव पौडेलको मत शून्य देखाइएको छ । भेरोको नाउँमा अनलाइन सिस्टम कब्जा गरिएको छ र अध्यक्षका उम्मेदवार बद्री केसीले पाएको मत मात्रै जोड्ने हो भने मतदाताको संख्या भन्दा बढी हुन्छ । यस्तो निर्वाचन परिणाम स्वीकार गर्न सक्ने कुनै आधार छैन ।’ संघको तर्फबाट भेरोसँग मास्टर कपि माग गरिएको जानकारी पनि उनीहरुले गराएका छन् ।
यस्तो छ शर्मा र श्रेष्ठले जारी गरेको विज्ञप्ति :



































