National life

एभरेष्ट बैंकको नाफा २ अर्ब माथि,प्रतिसेयर आम्दानी कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ माघ २०८१, सोमबार
576Shares
एभरेष्ट बैंकको नाफा २ अर्ब माथि,प्रतिसेयर आम्दानी कति ?
ncell

काठमाडौं। एभरेष्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा एभरेष्ट बैंकले २ अर्ब ७ करोड ४७ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिको तुलनामा यसअवधिमा नाफा २१.११ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको यसैअवधिमा यस बैंकले १ अर्ब ७१ करोड ३१ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

Royal Enfield
nic asia capital

समिक्षा अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेसँगै यसको खुद नाफा बढेको हो । खुद ब्याज आम्दानी १९.११ प्रतिशतले बढेर ४ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । यता, सञ्चालन आम्दानी पनि २६.९७ प्रतिशतले बढेर ३ अर्ब १० करोड रुपैयाँ पुगेको छ ।

गत वर्ष ४३ करोड २३ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ३४ करोड ९५ लाख ९८ हजारु रुपैयाँ आएको छ । आरओई १४.५५ प्रतिशत छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ ९४ पैसा बढेर ३२ रुपैयाँ ०६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २२५ रुपैयाँ ७९ पैसा छ । चुक्ता पुँजी १२ अर्ब ९४ करोड रुपैयाँ छ ।

यो समाचार शेयर गर्नुहोस्
576SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?