काठमाडौं । केएनपी नेरोलेक पेन्ट्सले आफ्नो विशेष फेस्टिभ इस्किम अन्तर्गतको बम्पर पुरस्कार रूपमा ५ लाख बराबरको सुन जनकपुरका शिव नारायण मण्डलले जितेका छन् ।
यस्तै ब्राण्डेड ल्यापटप भरतपुरकी अमृता महतो र ब्राण्डेड स्मार्ट टिभी विरगंजका ध्रुब प्रसाद गुप्ताले जितेको नेरोल्याकले जनाएको छ ।
यसका साथै थप १०० भाग्यशाली ग्राहकले केएनपीको तर्फबाट स्मार्ट वाच जित्ने मौका पाएका छन् । केएनपी नेरोलेक पेन्ट्सले आफ्नो विशेष फेस्टिभ इस्किम अन्तर्गत ग्राहकहरुका लागि उत्सवको रमाइलो सँगै बम्पर पुरस्कार योजना ल्याएको थियो । केएनपीले पर्वसंगै रङ्गमा दङ्ग, ५ लाख बराबरको सुन सङ्ग योजनामा केएनपीको सेलेक्टेड पेन्ट्स खरिद गर्ने १०० जना भाग्यशाली ग्राहकहरुले ब्राण्डेड स्मार्ट वाच, १ जनाले ब्राण्डेड स्मार्ट टिभी, र १ जनाले ब्राण्डेड ल्यापटप जित्न सक्ने अवसरदिएको थियो।
यस योजनाको बिजेताहरु लक्की ड्र मार्फत २०८१ साल पौष २८ गते कान्तिपुर टिभी एचडीको कल कान्तिपुरमा प्रत्यक्ष रुपमा चुनिएको थियो । कार्यक्रममा लक्की ड्र को विजेताहरु एउटा शिसाको भाडाबाट हजारौँ नामहरु मध्यको नाम ड्र गरी घोषणा गरिएको थियो।



































