National life

''देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति'' : (पूर्णपाठसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० माघ २०८१, आइतबार
387Shares
''देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति'' : (पूर्णपाठसहित)
ncell

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज आइतवारका साझ ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ विवरण सार्वजनिक गरेको छ।

बैंकले आर्थिक वर्ष २०८१/८२ को छ महिनाको तथ्याङ्कमा आधारित रहेर आइतबार रिपोर्ट सार्वजनिक गरेको हो। जसअनुसार उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.४१ प्रतिशत रहेको छ। यस्तै आयात ७.१ प्रतिशतले र निर्यात ३१.८ प्रतिशतले बढेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ४.१ प्रतिशतलेर अमेरिकी डलरमा १.१ प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिति रु २४९ अर्ब २६ करोडले बचतमा रहेको रिपोर्टमा उल्लेख छ । राष्ट्रबैैंकका अनुसार, यसैगरी कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १६ अर्ब ८४ करोड पुगेको छ भने नेपाल सरकारको खर्च रु ६६७ अर्ब ६० करोड र राजस्व परिचालन रु ५५९ अर्ब ६१ करोड रहेको रिपोर्टमा उल्लेख गरिएको छ।

वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.० प्रतिशत रहेको पनि राष्ट्र बैंकले उल्लेख छ। ६ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २ खर्ब ६५ अर्ब ५६ करोड ९५.२ प्रतिशत० ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ९२ अर्ब ६४ करोड ९४।(प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रततर्फ प्रवाहित कर्जा ७.० प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

nic asia capital

केन्द्रीय बैंकका अनुसार २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.२ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.२ प्रतिशत र ३६.८ प्रतिशत रहेको थियो।

[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2025/02/Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Six-Months-data-of-2081.82.pdf"]

यो समाचार शेयर गर्नुहोस्
387SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?