National life

दोषी माओवादी पर्यो भने पनि छुट्दैनन्,कुनै नाता सम्बन्धको मतलब छैनःगृहमन्त्री श्रेष्ठ

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०२ भदौ २०८०, शनिबार
517Shares
दोषी माओवादी पर्यो भने पनि छुट्दैनन्,कुनै नाता सम्बन्धको मतलब छैनःगृहमन्त्री श्रेष्ठ
ncell

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै प्रकरणमा जो दोषी भएपनि नछुट्ने दाबी गरेका छन्।

शनिबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा माओवादीनिकट प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले कुनै प्रकरणमा दोषी माओवादी नेताहरू परे पनि नछुट्ने बताएका हुन्।

उनले अनुसन्धान भइरहेको फाइलहरूमा कुनैपनि पार्टीको बैठक÷गठबन्धन दलको बैठकले निर्देशन दिन नमिल्ने बताउँदै मन्त्रीहरूले पनि अनुसन्धानमा निर्देशन दिन नमिल्ने बताए।

उनले भने, ‘अनुसन्धानका क्रममा हामीले हेर्ने एउटा मात्रै कुरा हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तथ्य, प्रमाणले कहाँ दोषी देखिन्छ, अपराधी देखिन्छ, त्योसम्म जाने। त्यस कारण त्यहाँ कोही माओवादी प¥यो भने पनि छुट्दैनन्। कोही कांग्रेस, एमाले, अरू कुनै पार्टीको हामीलाई मतलब छैन। कुनै नाता सम्बन्धको मतलब छैन। हामीलाई के मात्र मतलब छ भने तथ्य र प्रमाणका आधारमा दोषी देखिने नछुटोस्, निर्दोष नफसोस्।’

 

यो समाचार शेयर गर्नुहोस्
517SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?