काठमाडौं । देवीनगरस्थित धोबीखोला करिडोर क्षेत्रमा निर्माण गरिएको एक ठूलो भवन भत्काउन लागिएको छ। सरकारी निकायले उक्त संरचना अतिक्रमणमा परेर बनाइएको निष्कर्ष निकाल्दै भत्काउन थालिएको हो।
हाल सुरक्षाकर्मीहरूले भवनभित्र रहेका सामग्रीहरू बाहिर निकाल्ने काम गरिरहेका छन्। सो स्थानमा सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा नगर प्रहरीको उल्लेख्य उपस्थिति देखिएको छ।
उक्त भवनमा रेस्टुरेन्ट, बार, स्पा लगायतका विभिन्न व्यावसायिक गतिविधि सञ्चालनमा रहेको जनाइएको छ। पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा पनि यो संरचना चर्चाको विषय बनेको थियो।
यसअघि सोही क्षेत्रमा बसोबास गर्दै आएका सुकुमवासीका अन्य घरहरू भने पहिले नै हटाइसकिएको बताइएको छ।
































