National life

धोबीखोला करिडोरमा चल्याे काठमाडौं महानगरको डोजर

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१० भदौ २०८०, आइतबार
496Shares
धोबीखोला करिडोरमा चल्याे काठमाडौं महानगरको डोजर
ncell

काठमाडौं । काठमाडौं महानगरपालिकाले धोबीखोला करिडोरमा डोजर चलाएकाे छ । महानगरपालिकाले वडा नं १० बिजुलीबजारस्थित धोबीखोला करिडोरमा सार्वजनिक जग्गा मिचेको भन्दै ३ वटा घर भत्काएको हाे ।

नक्सामा सार्वजनिक जग्गा उल्लेख भएको तर निजी घर बनाएको पाइएकाले डोजर लगाएर भत्काइएको नगर प्रहरी निरीक्षक किशोर भट्टराईले जानकारी दिए ।

‘आज पहिलो चरणमा नक्सा हेरेर भत्काएका छौं, अन्य घरहरुले पनि सार्वजनिक जग्गा मिचेको सूचना छ, वडा कार्यालयमा नक्सा हेरेर थप कारबाही अगाडि बढाउँछौं’, उनले भने ।

Royal Enfield
nic asia capital

मेयर बालेन्द्र शाह महानगरको मेयरमा निर्वाचित भएसँगै महानगरले अवैध संरचना हटाउने कार्यलाई प्राथमिकतामा राखेको छ । महानगरले यसअघि काठमाडौँका विभिन्न स्थानमा अवैध संरचना हटाउने अभियान चलाइसकेको छ ।

यो समाचार शेयर गर्नुहोस्
496SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?