National life

नेपाल आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजिनामा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ मंसिर २०८०, मङ्गलबार
462Shares
नेपाल आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजिनामा
ncell

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन् । मंगलबार उनले राजीनामा पत्र बुझाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बताए ।

‘उहाँले भर्खरै राजीनामा बुझाएर जानुभएको छ,’ मन्त्री रिजालले भने,‘भोलि बुधबार २७ मंसिरबाट लागू हुनेगरी कार्यकारी निर्देशक थानीले राजीनामा बुझाउनुभएको छ ।’ राजीनामाको कारणबारे भने मन्त्री रिजालले केही खुलाएनन् ।

Royal Enfield
nic asia capital

सरकारले २०७८ फागुन २६ गतेको निगमको कार्यकारी निर्देशकमा थानीलाई तीन वर्षका लागि नियुक्त गरेको थियो ।

सिफारिसमा परेका तीन जनामध्ये तत्कालीन शेरबहादुर देउवा मन्त्रिपरिषद्ले थानीलाई निगमको जिम्मेवारी सुम्पिएको थियो । थानीले निगममा एक वर्ष नौ महिना काम गरे ।

 

यो समाचार शेयर गर्नुहोस्
462SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?