National life

प्रधानमन्त्रीद्वारा बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको भर्चुअल उद्घाटन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ माघ २०८१, शुक्रबार
851Shares
प्रधानमन्त्रीद्वारा बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको भर्चुअल उद्घाटन
ncell

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको भर्चुअलरुपमा उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री ओली आज कार्यक्रम स्थलमै पुगेर उद्घाटन गर्ने कार्यक्रम रहे पनि स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट सम्बोधनसहित उद्घाटन गरेको छन् । प्रधानमन्त्री ओलीले उर्वर भूमि बगनासकाली गाउँपालिकाको कार्यक्रम स्थल चिर्तुङ्गधारामा आउने र पालपाली जनतासँग भेटघाट गर्ने चाहना हुँदाहुँदै रुघाखोकी लागेका कारण प्रत्यक्षरुपमा उपस्थित हुन असमर्थ भएको जनाए ।

प्रधानमन्त्री ओलीले प्रशासकीय भवनबाट स्थानीय जनताले अझ राम्रो गरी सेवा पाइ र नयाँ अनुभूति मिल्ने गरी काम गर्न आग्रह गरे। उनले पाल्पा एक ऐतिहासिक, रमणीय र देश जोगाउन भूमिका खेल्ने जिल्ला भएकाले यस प्रकारको छविलाई यहाँका जनताले कायमै राख्ने विश्वास व्यक्त गर्दै आफूहरूले सुरु गरेका सिद्धबाबा सुरुङलगायत विकास निर्माणका काम आफूहरूकै पालामा सम्पन्न गर्ने गरी काम भइरहेको पनि बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
851SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?