National life

बैंकिङ कसुर तथा सजाय ऐन पारित, चेक बाउन्समा कति बिगोमा कति सजाय ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ माघ २०८१, सोमबार
499Shares
बैंकिङ कसुर तथा सजाय ऐन पारित, चेक बाउन्समा कति बिगोमा कति सजाय ?
ncell

काठमाडौँ – बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक ९दोस्रो संशोधन०, २०८० प्रतिनिधिसभाबाट पारित भएको छ ।  यो विधेयक २०८० असोज १६ गते तत्कालीन अर्थमन्त्री डा.प्रकाशशरण महतले विधेयक दर्ता गरेका थिए। विधेयकमाथि दफाबार छलफल गरेर अर्थ समितिले गत भदौ २५ गते संसद्‍मा प्रतिवेदन पेस गरेको थियो।

आइतबार बसेको प्रतिनिधि सभाको बैठक अर्थमन्त्री विष्णुप्रसाद पोडेलले अर्थ समितिको प्रतिवेदनसहित विधेयक छलफलका लागि सभामा पेश गरेका थिए ।

Royal Enfield
nic asia capital
प्रस्तावित विधेयकमाथि कुनै पनि विरोध नपरेपछि उपसभामुख इन्दिरा रानाले उक्त विधेयक छलफलका लागि सर्वसहमति पास भएको घोषणा गरेकी हुन् ।

अर्थ समितिले ६ महिना लगाएर प्रतिवेदन तयार पारेको थियो। २०८१ भदौ २५ गते समितिबाट पारित भए पनि भदौ ३१ गते संसद्को अधिवेशन अन्त्य भएपछि पारित प्रक्रिया अघि बढेको थिएन । अब राष्ट्रिय सभाले पनि पारित गरेपछि विधेयक प्रमाणीकरण प्रक्रियामा जानेछ।

उक्त विधेयकको दफा ७ लाई संशोधन गरेर चेक बाउन्समा १० करोडभन्दा माथिको बिगोमा २ देखि ४ वर्ष कैद सजायको व्यवस्था गरिएको छ । सरकारले विधेयकमा अधिकतम कैद सजाय दुई वर्षको प्रस्ताव गरेको थियो । अर्थ समितिले १५ लाखसम्मको बिगोमा एक महिना, १५ लाखभन्दा बढी ५० लाखसम्मको बिगोमा एक महिनादेखि तीन महिना कैदको व्यवस्था गरेको हो ।

‘५० लाखभन्दा बढी एक करोडसम्मको बिगोमा तीन महिनादेखि एक वर्ष, एक करोडभन्दा बढी १० करोडसम्मको बिगोमा दुई वर्षसम्म र १० करोडभन्दा माथिको बिगोमा दुई वर्षदेखि चार वर्षसम्म कैद सजाय हुने,’ प्रतिवेदनमा उल्लेख छ । यस्तो चेक अनादरको कसुर हेरी ५ लाखसम्मको बिगो भएमा एक महिनासम्म, ५ देखि १० लाखसम्म भए ३ महिनासम्म, १० लाखभन्दा बढी ५० लाससम्म भए ६ महिनासम्म र ५० लाखभन्दा माथिको बिगोमा २ वर्षसम्म कैदको व्यवस्था गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
499SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?