National life

माघ १ गतेदेखि लागु हुने गरी ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर सार्वजनिक 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ पुस २०८१, सोमबार
381Shares
माघ १ गतेदेखि लागु हुने गरी ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर सार्वजनिक 
ncell

काठमाण्डौ। ग्लोबल आइएमई बैंकले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ।

बैंकले माघ महिनाका लागि व्यक्तिगत र मुद्दती निक्षेपतर्फ दुवैको ब्याजदर स्थिर राखेको छ। बैंकले माघ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.७५ प्रतिशत र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ ।

Royal Enfield
nic asia capital

पुस महिनाका लागि पनि बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको अधिकतम यहि ब्याजदर दिएको थियो । माघ महिनामा ३ देखि ६ महिनासम्मका लागि व्यक्तिगत निक्षेपका लागि ४ प्रतिशत,६ महिनादेखि १ वर्ष तलका लागि ४.५० प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ५ प्रतिशत र २ वर्ष र त्योभन्दा माथिका लागि ५।७५ प्रतिशत ब्याजदर दिइने बैंकले जनाएको छ ।

त्यस्तै, संस्थागत निक्षेपकर्तालाई भने ६ महिनादेखि १ वर्ष तलका लागि ३ प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ३.५० र २ वर्ष र सोभन्दा माथिका लागि ४.२५ प्रतिशत ब्याजदरको व्यवस्था गरिएको बैंकले उल्लेख गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
381SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?