National life

विपद्‌ पछिको पुनर्निर्माणका लागि ठोस योजना ल्याउन प्रधानमन्त्री ओलीको निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ पुस २०८१, सोमबार
866Shares
विपद्‌ पछिको पुनर्निर्माणका लागि ठोस योजना ल्याउन प्रधानमन्त्री ओलीको निर्देशन
ncell

काठमाडौँ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १५औँ बैठकले पश्चिम नेपाल भूकम्प र २०८१ सालको मनसुनजन्य विपद् पश्चातको पुनः निर्माणका लागि तत्काल ठोस योजना ल्याउन विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय प्राधिकरणलाई निर्देशन दिएको छ।

परिषद्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकमा आइतबार नै भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकको निर्णयबमोजिम उक्त योजनाका प्रस्तावित विषयहरू प्रस्तुत गरिएको थियो।

क्षतिको विस्तृत लेखाजोखा (डिडिए) गर्न बाँकी भए सम्बन्धित मन्त्रालयबाट गराउन अर्थ मन्त्रालयलाई परिषद्ले दिनुपर्ने प्रस्ताव बैठकमा आएको थियो । प्रस्तुत प्रस्तावका अधारमा ठोस योजना बनाइ यही पुस २८ गते बस्ने परिषद्को बैठकले निर्णय गर्ने गरी हिजोको बैठक स्थगन भएको छ ।

Royal Enfield
nic asia capital

परिषद्मा सडक पुल तथा यातायात, सरकारी भवन तथा सहरी पूर्वाधार, विद्युत्, वैकल्पिक ऊर्जा र सिंँचाइ, निजी आवास, खानेपानीलगायत क्षेत्रमा आगामी तीन वर्षका लागि रु ९८ अर्ब ६५ करोड २९ हजार ६८ लागत लाग्ने अनुमान प्रस्तुत गरिएको थियो ।

आगामी माघ २ गते हुने भूकम्प सुरक्षा दिवसको कार्यक्रममा पुनःनिर्माणबारे घोषणा गर्ने सरकारको तयारी रहेको छ । बैठकमा उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, विभिन्न प्रदेशका मुख्यमन्त्रीहरू, नेपाल सरकारका मुख्यसचिवलगायतको सहभागिता थियो ।

यो समाचार शेयर गर्नुहोस्
866SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?