National life

साढे ३९ लाख भ्रष्टाचार भएको भन्दै अख्तियारद्वारा ९ जनाविरुद्ध मुद्दा दायर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ वैशाख २०८१, बिहिबार
530Shares
साढे ३९ लाख भ्रष्टाचार भएको भन्दै अख्तियारद्वारा ९ जनाविरुद्ध मुद्दा दायर
ncell

काठमाडौँ। कालिकोटको महावै गाउँपालिकास्थित सिमखेतदेखि ओदा जाने सडक निर्माणमा झन्डै साढे ३९ लाख रुपैयाँ भ्रष्टाचार भएको भन्दै अख्तियारले ९ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह र वडा अध्यक्षसहित ९ जनाविरुद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

यस सम्बन्धमा अनुसन्धान हुँदा महावै गाउँपालिकाले आर्थिक वर्ष २०७५–२०७६ मा सिमखेतदेखि पादमघाटसम्म उपभोक्ता समितिमार्फत सडक निर्माण गराएको पाइएको छ ।  सो कार्य सम्पन्न प्रतिवेदनमा सडकको लम्बाई ८२० मिटर, चौडाइ ४ मिटर र कडा चट्टान काटिएको परिमाण २०४५ घनमिटर उल्लेख गरेको देखिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सिमखेतदेखि ओदा जाने सडक अन्दाजी २५ मिटर मात्र डोजरले खनी मान्छेले काम गरेको बिल बनाउन लगाएको एवं वास्तविक कामभन्दा बढी परिमाणको काम भएको देखाई बढी रकम भुक्तानी लिएको भन्ने उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो।

तर, फिल्डमा सडकको वास्तविक लम्बाई ५२० मिटर, चौडाइ औषत ३.७ मिटर र कडा चट्टान काटिएको परिमाण १६९.८०  घनमिटर मात्र देखिएको अख्तियारको निष्कर्ष छ।  यसरी गलत नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार पारी नभएको कामको ३८ लाख ७६ हजार दुई सय सत्तरी रुपैयाँ बढी भुक्तानी गरी आफूहरूलाई गैर कानुनी लाभ र गाउँपालिकालाई हानि पुर्‍याई भ्रष्टाचार गरेको पुष्टि हुन आएकाले आरोप पत्र दायर गरिएको अख्तियारको भनाइ छ ।

यो समाचार शेयर गर्नुहोस्
530SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?