काठमाण्डौ। साताको अन्तिम कारोबारका दिन शुक्रबार सुनको मूल्य ह्वात्तै बढेको छ। आज घरेलु बजारमा सुनको मूल्य प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य १ लाख ६० हजार ५ सय रुपैयाँ कायम थियो ।
आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको मूल्य आज तोलामा ३० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भईरहेको छ ।
































