काठमाडौँ । साताको पहिलो कारोबार दिन आज सेयर बजारमा गिरावट आएको छ । आज बजार ४५.९३ अंकले घटेर २६८९ को विन्दुमा कायम भएको छ ।
कारोबारमा आएका ३२१ कम्पनीको १ करोड ७३ लाख कित्ता शेयर किनबेचहुँदा ७ अर्ब ४६ करोड ३ लाख रुपैयाँको कारोबार भएको छ ।
आज खानीखोला हाइड्रोपावरको शेयरमा भने सकारात्मक सर्किट लागेको छ । यस्तै, दोल्ती पावरको ८.७७ प्रतिशत, केबिएल डिबेञ्चर २०९० को ८.१४ प्रतिशत, स्वाभिमान लघुवित्तको ७.८९ प्रतिशत र मैलुङ हाइड्रोपावरको शेयर मूल्य ६.५० प्रतिशतले बढेको छ ।
मानुषि लघुवित्त वित्तीय संस्था, लाइफ इन्स्योरेन्स,जोशी हाइड्रो पावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । त्यस्तै सामुदायिक लघुवित्त वित्तीय संस्थाको ९.९७, दिब्यश्वरी हाइड्रो पावर कम्पनीको ७.०९ प्रतिशतसम्मले घटेको छ ।



































