National life

३ करोड गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा इन्जिनियर विरुद्ध मुद्दा दायर

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१७ असोज २०८०, बुधबार
407Shares
३ करोड गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा इन्जिनियर विरुद्ध मुद्दा दायर
ncell

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय लमही–दाङका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ । आयोगले बुधबार रानाभाटविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हाे ।

अख्तियारले रानाभाटले गैरकानूूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरी परेपछि उनले सार्वजनिक सेवामा स्थायी नियुक्ती लिएको मिति २०४६ साल असार ३० गतेदेखिको आय तथा व्ययको कुल विवरणमा छानविन प्रकिया सुरु गरेको थियो ।

प्रवक्ता भोला दाहालका अनुसार अख्तियारले सम्पत्ति छानविन गर्ने क्रममा रानाभाटले स्रोत नखुलेको तीन करोड १५ लाख ८१ हजार रुपैयाँ बराबरको स्रोत नखुलेको रकम आर्जन गरेको पाइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अख्तियारले रानाभाटलाई सोही रकम बराबारको विगो कायम गरी मुद्दा दायर गरेको छ ।

साथै उनले गैरकानूनी रुपले आर्जन गरको सम्पत्तिबाट श्रीमति राधा रानाभाटको नामबाट पनि विभिन्न क्षेत्रमा लगानी भएको देखिएकाले राधा रानाभाटलाई पनि विगो जफत गर्ने प्रयोजनार्थ मात्र विपक्षी बनाई मुद्दा दायर गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
407SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?