National life

एमाले र कांग्रेसबीच भएको ७ बुँदे सहमति सार्वजनिक, हेर्नुस बुदागत रुपमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ साउन २०८१, आइतबार
524Shares
एमाले र कांग्रेसबीच भएको ७ बुँदे सहमति सार्वजनिक, हेर्नुस बुदागत रुपमा
ncell

काठमाडौँ । असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता समीकरणका लागि भएको ७ बुँदे सहमति सार्वजनिक नभएको भन्दै आलोचना हुँदै आएको थियो ।

प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापित गरेर राजनीतिक स्थायित्व दिन भन्दै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको ७ बुँदे सहमति अझै सार्वजनिक नभएकोप्रति अन्य दलले सत्ताको लोभ बाहेक अरु हुन नसक्ने आरोप लाउँदै आएका थिए ।

त्यसबिचमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार नेपाली कांग्रेससँग भएको ७ बुँदे सहमति सार्वजनिक गरेका छन् । उनले प्रतिनिधिसभाको आइतबारको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको ७ बुँदे सहमति सार्वजनिक गरेका हुन् ।

Royal Enfield
nic asia capital

यस्तो छ  ७ बुँदे सहमति बुँदागत रूपमा:

१) आमजनताको चाहना बमोजिम राष्ट्रिय हितको रक्षा गर्न भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न राष्ट्रको विकास निर्माण अभियानलाई तीव्रता दिन राजनीतिक स्थिरताका लागि अन्य राजनीतिक दललाई समेत सहभागी गराई संविधानको धारा ७६ ९२० अन्तर्गत राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने ।

२) राष्ट्रिय सहमतिको सरकारले संविधान प्रारम्भ भएपश्चात् अभ्यासमा रहेका अभ्यासमा देखा परेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वको लागि संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने।

३) अर्थतन्त्रमा विद्यमान शिथिलतालाई अन्त्य गरी विश्वसनीय व्यावसायिक वातावरण तयार गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने आन्तरिक र बाह्य लगानीलाई प्रोत्साहन गरी मुलुकभित्र पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्ने ।

४) राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकार गठन भएको मितिले दुई वर्षसम्म नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले र त्यसपछि २०८४ मङ्सिरमा हुने आम निर्वाचनसम्म नेपाली कांग्रेसका सभापति माननीय शेरबहादुर देउवाले सकारको नेतृत्व गर्ने ।

५) राष्ट्रिय हितको रक्षा गर्न भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न राष्ट्रको विकास निर्माणको अभियानलाई तीव्रता दिन राष्ट्रिय सहमतिको सरकार सञ्चालनका आधार र न्यूनतम साझा कार्यक्रम तर्जुमा गरी सोही आधारमा सरकार सञ्चालन गर्ने ।

६) राष्ट्रिय सहमतिको सरकारका लागि दुई प्रमुख राजनीतिक दलको नेतृत्वदायी भूमिका र समानताको आधारमा समान हैसियतमा सरकारमा सहभागिता रहने र अन्य राजनीतिक दललाई समेत सरकारमा समावेश गर्ने ।

७) राष्ट्रिय सहमति सरकार सहमतिको सरकारको मर्म र भावना अनुरूप प्रदेश सरकारको गठन र सञ्चालन गर्ने र जनभावना नुरुप प्रदेश तथा स्थानीय तहमा हुने विकास निर्माणको कामलाई तीव्रता दिने ।

यो समाचार शेयर गर्नुहोस्
524SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?