National life

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ प्रधानमन्त्री लिबीच के के सम्झौता भए हेर्यौ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ असोज २०८०, शनिबार
454Shares
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ प्रधानमन्त्री लिबीच के के सम्झौता भए हेर्यौ
ncell

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ समकक्षी लि छियाङसँग भएका सम्झौता सार्वजनिक गरेका छन् । प्रधानमन्त्री प्रचण्डले शनिवार बिहान त्रिभुवन विमानस्थलमा पत्रकार भेटघाट कार्यक्रममार्फत सम्झौता सार्वजनिक गरेका हुन् ।

यी हुन दुई प्रधानमन्त्रीका बीचमा भएको वार्तापछि हस्ताक्षर गरिएको समझदारी पत्रमा भएका मुख्य विषयहरू :

–हिल्सा–सिमिकोट सडक परियोजना र नेपाल–चीन पावर ग्रीड इन्टर कनेक्सन परियोजना सम्बन्धी समझदारी पत्र ।

–शिक्षा, विज्ञान तथा नवीनताका क्षेत्रमा सहकार्य सम्बन्धी समझदारी पत्र ।

Royal Enfield
nic asia capital

–नेपालको राष्ट्रिय योजना आयोग र जनवादी गणतन्त्र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच सहकार्य सम्बन्धी समझदारी पत्र ।

–कृषि, पशुपन्छी तथा मत्स्यपालनका क्षेत्रमा सहकार्य सम्बन्धी समझदारी पत्र ।

–शास्त्रीय महत्त्वका पुस्तकहरूको अनुवाद र प्रकाशनसम्बन्धी समझदारी पत्र ।

–हरित तथा न्यून कार्बन विकासका क्षेत्रमा सहकार्य सम्बन्धी समझदारी पत्र ।

–डिजिटल अर्थतन्त्रका क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी समझदारी पत्र ।

–नेपाल चीन व्यापार तथा भुक्तानी सम्बन्धी सहमतिको समीक्षा तथा परिवर्तनका लागि संयुक्त कार्यदल गठन सम्बन्धी समझदारी पत्र ।

–वनस्पतिमा आधारित औषधीजन्य सामग्री नेपालबाट चीनमा निर्यात गर्ने सम्बन्धमा बिरुवा स्वस्थता शर्तसम्बन्धी प्रावधान समेटिएको प्रोटोकल ।

–चिनियाँ पक्षबाट विपद् राहत सामग्री हस्तान्तरण सम्बन्धी पत्रको आदानप्रदान

–चिनियाँ सरकारबाट उपलब्ध गराइएका विभिन्न सामग्री हस्तान्तरण सम्बन्धी प्रमाणपत्र

–नेपाली सरकारी कर्मचारीहरूलाई तालिम प्रदान गर्ने सम्बन्धी पत्रको आदानप्रदान ।

–नेपाल र चीनबीच परम्परागत नाकाका अतिरिक्त अन्तर्राष्ट्रिय व्यापार नाकाहरू सुचारु गर्ने

यो समाचार शेयर गर्नुहोस्
454SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?