National life

बैंकिङ कसूरसम्बन्धी ऐनको संशोधन विधेयक संसदमा पेश

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१२ कात्तिक २०८०, आइतबार
503Shares
बैंकिङ कसूरसम्बन्धी ऐनको संशोधन विधेयक संसदमा पेश
ncell

काठमाडौं । बैंकिङ कसूरसम्बन्धी ऐनको संशोधन विधेयक प्रतिनिधि सभामा पेश भएको छ । अर्थमन्त्रीको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले उक्त विधेयक प्रतिनिधि सभामा पेश गरेका हुन् ।

चेक अनादरसम्बन्धी व्यवस्थालाई संशोधन गर्न ‘बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ १६ असोज २०८० मा प्रतिनिधि सभामा दर्ता भएको थियो ।

विधेयकको विरोधको सूचनाका सन्दर्भमा उठेका प्रश्नहरुको जवाफ दिँदै कानुन न्याय तथा संसदीय मामिला मन्त्री गुरुङले बैंक तथा वित्तीय कारोबारमा हुन सक्ने चेक अनादर जस्ता कसूरजन्य कार्यको अनुसन्धान, अभियोजन र कारबाहीलाई व्यवस्थित तथा प्रभावकारी बनाउन विधेयक ल्याइएको बताए ।

Royal Enfield
nic asia capital

 

यो समाचार शेयर गर्नुहोस्
503SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?