नेपालमा विभिन्न जात जाती र सम्प्रदायका मानिसहरुका आफ्नै संस्कृती र रितीरिवाजहरु छन् । मठमन्दिरहरु पनि उस्तै छन् । नेपालीहरुको महान् चार्ड दशैं घरदैलोमा आइपुगेको छ । आज हामीले दशैका बेला जानु पर्ने केही मन्दिरहरुको बारेमा जानाकारी पस्केका छौँ ।
१.
दक्षिणकाली मन्दिर
दक्षिणकाली मन्दिर राजधानी काठमाडौँबाट दक्षिण भेगमा रहेको छ । राजधानीको बल्खुबाट करिब २० किमिको दुरीमा रहेको यस मन्दिरमा हरेक शनिवार र मङ्गलवार विशेषरुपमा भिड हुने गर्दछ । यहाँ भाकल राखेर बलि चढाउने भक्तजनहरुको संख्या उल्लेख्य छ । यो कालीदेवीको मन्दिर हो । यो मन्दिर राजा प्रताप मल्लद्वारा निर्माण गरिएको हो । यो फर्पिङको मुटुस्थित ऐतिहासिक महत्वले भरिपूर्ण मन्दिर हो । चारैतिर हरियालीले सजिएको यो मन्दिर दुई खोलाहरुको दोभानमा छ । यो मन्दिरमा कालीको मूर्तिबाहेक अन्य देवी देवताका मूर्ति पनि छन् ।
यहाँ मन्दिर मात्र नभई वनभोजका लागि अत्यन्त रमणीय र मनोरञ्जनात्मक दृष्टिले भरिएका स्थलहरु पनि छन् । तत्कालीन राजाहरू पनि यहाँ बर्सेनि वैशाखमा आफ्नो देवाली मनाउन आउँथे । यो शान्त वातावरणमा रमेको छ । त्यहाँ पर्यटन व्यवसाय पनि फस्टाउन सक्छ । मूलतः दसैंको बेला यहाँ विशेष मेला लाग्छ । दसैंको नवरात्रीमा यहाँ कैयौँ भक्तजनहरू हाँस, कुखुरा राँगो, बोकाको बलि दिन्छन् । यो मन्दिर धार्मिक र सांस्कृतिक दृष्टिकोटले धनी छ ।
नक्साल भगवती काठमाडौँ उपत्यकाका प्रसिद्ध शक्ति पीठ मध्येको एक हो । यस मन्दिरमा सोह्र भूजायुक्त ९१६ वटा हात भएकी० देवीको मूर्ति रहेको छ । भगवती दुर्गाकै रूपमा पुजिने नक्साल भगवतीप्रति काठमाडौँ उपत्यकाका भक्तजनहरूको ठूलो आस्था रहेको पाइन्छ । यस मन्दिरमा विभिन्न भाकल राख्ने र पूजाआजा गर्नेहरुको उपस्थिती उल्लेखनीय रहने गरेको छ । दशैंको समयमा त यहाँ निकै नै भिड हुने गरेको छ । मनले चाहेको पूरा हुने विश्वासमा यहाँ भक्तजनहरुको उपस्थिती रहने गरेको हो ।
भद्रकाली जो आफ्नो भक्तलाई दिनका लागि भद्र, सुख वा मङ्गल स्वीकार गर्दछिन्, उनै ’भद्रकाली’ हुन् । यो मन्दिर सिंहदरबारदेखि ५०० मिटर पश्चिममा रहेको सामान्य स्वरूपको मन्दिर हो । चामुण्डा देवीको रूपमा पुजिने भद्रकाली देवीको मूर्ति सामान्य शिलायुक्त छ । तान्त्रिक पद्धति अनुसार नवरात्रमा विशेष पूजा गरिने यहाँका पूजारी बताउँछन् । दुर्गा कवचमा उल्लेख भए अनुसार भगवतीका अनेक रूपमध्ये भद्रकाली पनि एक हो । यसलाई कतै कतै लुमडीस्थान पनि भनिन्छ्र । यहाँ पनि दशैंको घटस्थापनासँगै दशैंभरि नै विशेष पूजा गरिन्छ भने वर्षभरि नै सदाबहार रुपमा भक्तजनहरुको उपस्थिती बाक्लो रहने गरेको छ ।
शोभा भगवती काठमाडौँंको पश्चिममा बिष्णुमति नदीको किनारमा रहेको पबित्र शक्ति पिठ हो । प्यागोडा शैलीमा रहेको यो मन्दिरमा श्रद्धालु भक्तजनहरूको प्रशस्त घुइँचो लाग्ने गर्दछ । यहाँ रहेको ऐतिहासिक महत्व राख्ने भगवतीको मूर्ति साढे दुई फिट उचाइको प्रस्तर मूर्ति हो ।
नवौँ शताब्दीतिर मातृका देवीका अनेकौँ मूर्तिहरू बनाउने सिलसिलामा शोभा भगवतीको पनि स्थापना गरेको अनुमान छ । नेपालमा शक्तिपूजाको परम्परा निकै पुरानो छ ।
तलेजु भवानी मन्दिर काठमाडौँ दरवार क्षेत्रमा अवस्थित एक प्रसिद्ध मन्दिर हो । मल्लकालमा निर्मित यो ऐतिहासिक मन्दिर वर्षको १ पटक दशैंको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुल्ला रहन्छ । हनुमानढोका नामले पनि प्रसिद्ध यो दरवारक्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन र मन्दिरहरु राजा रत्न मल्लदेखि पृथ्वी वीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन् । त्यसक्षेत्रका अन्य महत्वपूर्ण स्मारकहरु हुन् तलेजु मन्दिर, जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, वसन्तपुर दरवार, गद्दी बैठक, काष्ठमण्डप आदि । मन्दिरै मन्दिरको यसक्षेत्रमा देशविदेशका पर्यटकहरुको पनि विशेष उपस्थिती रहने गर्दछ ।
पलाञ्चोक भगवतीको मन्दिर काभ्रे जिल्लाको साविक साठीघर भगवती गाविस ९हाल पाँचखाल नगरपालिका० मा अवस्थित छ । काभ्रेको पाँचखालबाट ९ किलोमिटर पूर्वस्थित यो मन्दिर लिच्छवीकालिन राजा मानदेवले आफ्नी आमाको सम्झनामा निर्माण गर्न लगाएका हुन् । शिल्पकलाको दृष्टिले पलाञ्चोक भगवतीको मूर्ति अद्दितीय मानिन्छ । नक्शाल भगवती र शोभा भगवती र पलाञ्चोक भगवती एकै शिल्पकारले तयार गरेको किंवदन्ती रहेको छ । यस मन्दिरमा दशैंमा विशेष मेला लाग्ने गरेको छ । घटस्थापनाका दिनदेखि कोजाग्रत पूर्णिमाका दिन सम्म नै भक्तजनहरुको बाक्लो भिड रहने यो मन्दिरमा जान आउन मोटरबाटोको राम्रो सुविधा छ ।
गोरखाको मनकामना मन्दिर एक महत्वपूर्ण देवीस्थान शक्तिपीठ मानिन्छ । मनले चिताएको इच्छा पूरा गर्ने भगवती भन्ने अर्थमा मनकामना नाम रहन गएको हो । गोर्खाका राजा राम शाहकी रानी स्वयं मनकामना भगवतीको अवतार थिइन् भन्ने जनविश्वास छ । दशैंमा पूजा गर्न आउनेहरूको यहाँ ठूलो भीड लाग्छ । यहाँ प्रत्येक अष्टमीका दिन बलि चढाइन्छ । मनकामनाको दर्शनले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । यहाँ दशैंको समयमा विशेष मेला र पूजाआजा हुने गरेको छ ।
चण्डेश्वरी मन्दिरको मूख्य मन्दिर काभ्रेको बनेपामा छ । तर यसका अन्य मन्दिरहरु काठमाडौँ उपत्यकामा भरि नै प्रख्यात रहेका छन् । मूलमन्दिरमा जान नसक्नेहरुले चण्डेश्वरीका विभिन्न प्रतिमाहरु काठमाडौंका चोक चोकहरुमा प्रतिस्थापन गरेको पाइन्छ । धेरैजसो नेवार समुदाय चण्डेश्वरीलाई कुलदेवी या इष्टदेवीको रूपमा पुज्ने गर्दछन् । यी देवीलाई सनातन हिन्दू धर्मावलम्बीहरू चण्डेश्वरी भनेर मान्दछन् । महायान बौद्धमार्गीहरू रक्षकको रूपमा मानिने एक जाती देवीको रूपमा पुज्दछन् ।
यो मन्दिर नेपाली मौलिक प्यागोडा शैलीमा निर्माण गरिएको छ । यस मन्दिरमा ३ तल्लाहरू रहेका छन् । पश्चिमी भित्तामा भैरबको मूर्ति रहेको छ । यस मन्दिरमा पाचौँ शताव्दीको हाराहारीमा बनाइएको विश्वास गरिने माटोका दुर्लभ मूर्तिहरू फेला परेका छन् । यहाँ पनि दशैंको समयमा भक्तजनहरुको धेरै नै भिड लाग्ने गर्दछ ।
शैलेश्वरी माताको मन्दिर सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको डोटी जिल्ला अन्तर्गत सिलगढीमा अवस्थित छ । यो मन्दिर यस क्षेत्रकै प्रमुख धार्मिक स्थलका रूपमा रहेको छ । यहाँ देवीको नित्य पूजा सिलगाउँनिवासी भट्ट ब्राह्मणद्वारा गरिन्छ । प्रत्येक वर्ष जेठ र कार्तिक पूर्णिमाका दिन वर्षमा लक्षबहन महायज्ञ परम्परागत रूपमा प्राचीन कालदेखिनै हुँदै आएको छ । यहाँ पनि दशैंमा विशेष मेला लाग्ने गरेको छ ।
दन्तकाली मन्दिर सुनसरी जिल्लाको धरान उपमहानगरपालका विजयपुर डाँडाको मध्यभागमा अवस्थित छ । मध्यकालतिर कालिकाका नामले चिनिने यो मन्दिर भगवान शिवले सतीदेवीको मृतशरीर बोकेर हिड्दा सतीदेवीको दन्त पतन भई शक्तिपीठको रूपमा स्थापित भएको मानिन्छ । उक्त मन्दिरमा सतिदेवीका दाँतको प्रतिक स्वरूप एउटा कालो प्रस्तर राखी पूजाआजा गर्ने गरिएको छ । यो मन्दिरमा बोका, राँगा आदिको बली दिने चलन छ । यो मन्दिरको बारेमा स्वस्थानी ब्रत कथामा पनि उल्लेख भएको पाइन्छ ।
पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्रस्थल ताप्लेजुङको सदरमुकाम फुङ्गलिङबाट १९।४ कि।मी। पूर्वोत्तरतर्फ ३ हजार ७९४ मी।को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी” भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ । ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई “मुक्तुवुङ” भनेर चिन्दछन । लिम्बूभाषामा “मुक्तु” को अर्थ शक्ति वा बल, “वुङ” को अर्थ बोट भन्ने जनाउँदछ । अर्थात लिम्बूजातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन् । यस मन्दिरमा पनि दशैं लगायतका अन्य चार्डहरुमा विशेष मेला लाग्ने गर्दछ ।
कालिञ्चोक भगवती नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । सदरमुकाम चरिकोटबाट करिव १५ किलो मिटर उत्तर साविकको कालिन्चोक गाविसमा अवस्थित यो मन्दिर ३ हजार ८४२ मिटरको उचाईमा छ । कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ । कालिञ्चोक डाँडाबाट मनोरम रोलवालिङ हिमश्रृंखला र मनोरम प्राकृतिक दृष्यहरूको अवलोकन गर्न सकिन्छ । यहाँ जनैपूर्णिमा, दशैं, चैते दशैंमा भक्तजनको भिड लाग्ने गर्दछ । कालिञ्चोक चरीकोटदेखि ६ घण्टाको पैदल दूरीमा छ । यो हिन्दूहरूको लागि एक प्रसिद्ध तीर्थ स्थल हो ।