National life
cg eloctronics

नेपालमा विदेशी पर्यटकको मोह: १ महिनामा २८.९ % वृद्धि, कुन देशबाट कति आए ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ चैत २०८०, सोमबार
428Shares
नेपालमा विदेशी पर्यटकको मोह: १ महिनामा २८.९ % वृद्धि, कुन देशबाट कति आए ?
ncell

काठमाडौं । नेपालमा आउने विदेशी पर्यटकको संख्यामा मार्च महिनामा मात्रै २८.९ प्रतिशतले बृद्धि भएको छ। सन् २०२४ को तेस्रो महिना (मार्च)मा १ लाख २८ हजार १६७ जना पर्यटक भित्रिएका छन्।

यो संखया गत वर्षको यही अवधिको तुलनामा २८.९ प्रतिशतले धेरै हो। यसअघि सन् २०२३ को मार्चमा ९९ हजार ४२६ जना पर्यटक नेपाल भित्रिएका थिए । मार्चमा सबैभन्दा बढी भारतीय पर्यटक नेपाल आएको तथ्याकंमा उल्लेख छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

भारतबाट उक्त अवधिमा सबैभन्दा धेरै ३० हजार ६९८ पर्यटक नेपाल आएका छन् । चिनियाँ पर्यटकको संख्या भने १२ हजार ९३ छ। बोर्डका अनुसार सो अवधिमा अमेरिकाबाट १० हजार ७७३, बेलायतबाट ७ हजार २४१ सय, श्रीलंकाबाट ५ हजार ७४१, जर्मनीबाट ५ हजार २५५ र थाइल्यान्डबाट ४ हजार ३४५, जना पर्यटक नेपाल आएका छन् ।

यस वर्षको जनवरीमा ७९ हजार १०० र फेब्रुअरीमा ९७ हजार ४२६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । यो सँगै सन् २०२४ को पहिलो ३ महिनामा ३ लाख ४ हजार ६९३ जना पर्यटक नेपाल भित्रिएका छन् । जुन गत वर्षको यही अवधिको भन्दा ३३.७८ प्रतिशतले धेरै हो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
428SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?