National life
cg eloctronics

काठमाडौं र धुलिखेलको सहकार्यमा बन्ने भयो सुविधासम्पन्न मैत्री पार्क

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ दिन अगाडि|०९ मंसिर २०८३, बुधबार
960Shares
काठमाडौं र धुलिखेलको सहकार्यमा बन्ने भयो सुविधासम्पन्न मैत्री पार्क
muktinatha bikash bank

काभ्रे । काठमाडौँ महानगरपालिका र धुलिखेल नगरपालिकाले धुलिखेल क्षेत्रमा पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक गतिविधि विस्तार गर्न मैत्री पार्क निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोही सिलसिलामा धुलिखेल नगरपालिका–७ स्थित पार्कलाई थप व्यवस्थित र सुविधासम्पन्न बनाउन दुवै पालिकाबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल र धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जङ्गमबीच हस्ताक्षर भएको हाे ।

3 ad - 1
3 ad - 2
3 ad - 3

सम्झौतामा उक्त पार्कलाई पारिवारिक मनोरञ्जन तथा विश्रामका लागि आकर्षक गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको छ । पार्क निर्माणका लागि रु सात करोड बजेट आवश्यक पर्ने पूर्वानुमान गरिएको छ ।

तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको सम्झौताअनुसार चालु आर्थिक वर्षमा रु एक करोड खर्च गरिने छ । पार्क निर्माणले धुलिखेलमा आन्तरिक पर्यटकको आकर्षण बढाउने तथा स्थानीय आर्थिक गतिविधिमा चलायमान बनाउन सहयोग पुग्ने कार्यवाहक प्रमुख जङ्गमले विश्वास व्यक्त गरे ।

everest bank

उाले सम्झौताले दुई नगरपालिकाबीचको संस्थागत सहकार्य र नागरिकबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाउने विश्वास समेत व्यक्त गरे । रासस

यो समाचार शेयर गर्नुहोस्
960SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?