National life

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु, बागलुङमा मृत्यु हुनेको संख्या ३ पुग्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ भदौ २०८१, शुक्रबार
610Shares
गैँडाको आक्रमणबाट एक जनाको मृत्यु, बागलुङमा मृत्यु हुनेको संख्या ३ पुग्यो
ncell

काठमाडौँ । बर्दियामा गैँडाको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।  उक्त आक्रमणबाट बाकी दुई जना घाइते भएका छन्।

शुक्रवार बिहान जिल्लाको मधुवन नगरपालिका-६ स्थित डल्ला सामुदायिक वनमा गैँडाले आक्रमण गरेको हो। गैँडाको आक्रमणमा मृत्यु हुनेमा एक जना नेचर गाइड छन् Nature Guide। साथै विदेशी नागरिक (अमेरिकी) एक जना सहित दुई जना घाइते भएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

घाइतेमध्ये विदेशी नागरिकको भुरीगाउँ नगर अस्पतालमा उपचार भई रहेको छ । उनीहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। घटनाबारे थप अनुसन्धान कार्य भइरहेको पनि प्रहरीले जनाएको छ।

त्यस्तै आज बिहान बागलुङको बान्द्रे खोलामा आएको बाढीले बढाएर ३ जनाको मृत्यु भएको छ । खोलाले बगाएर बेपत्ता भएका २० वर्षीय कमल सापकोटाको शव फेला परेसँगै बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ३ पुगेको हो।

बागलुङ नगरपालिका –४ बान्द्रे अढाई थरका सापकोटाको शव घटनास्थलभन्दा ५ सय मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब निरीक्षक प्रताप पौडेलले जानकारी दिए। बिहीबार राती कुँडुले देखि मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटरमा चढेर बान्द्रे खोला तर्ने क्रममा उनीहरू बगेका थिए ।

मोटरसाइकल र स्कुटर बगाउँदा मृत्यु भएका बान्द्रे अढाई थरका २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अविशेक रेग्मीको शव राति नै घटनास्थलदेखि दुई सय मिटर तलबाट उद्धार गरी धौलागिरि अस्पतालमा लगिएको प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
610SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?