National life
cg eloctronics

इन्टरनेट बैकिङका ग्राहकलाई मोबाइल बैकिङमा सार्दै ग्लोबल आइएमई बैंक

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२८ भदौ २०८०, बिहिबार
1.4kShares
इन्टरनेट बैकिङका ग्राहकलाई मोबाइल बैकिङमा सार्दै ग्लोबल आइएमई बैंक
muktinatha bikash bank

काठमाडाैं । ग्लोबल आइएमई बैंकले इन्टरनेट बैकिङका ग्राहकलाई मोबाइल बैकिङमा सार्ने भएको छ । बुधवार एक सूचना जारी गर्दै बैंकले भदौ ३१ गतेदेखि इन्टरनेट बैंकिङ प्रयोग गर्ने ग्राहकलाई मोबाइल बैंकिङमा सार्न लागेको जानकारी दिएको हो ।

“ग्लोबल आइएमई बैंकको इन्टरनेट बैंकिङ ९ग्लोबल अनलाइन० सेवा यही आउँदो ३१ भदौ २०८० बाट स्थानान्तरणरमाइग्रेसन गरिने छ,” सूचनामा लेखिएको छ, “बैंकको इन्टरनेट बैंकिङ सेवा हाल प्रयोग गरिरहेका व्यक्तिगत ग्राहकले अब ग्लोबल स्मार्ट प्लस मार्फत सेवा उपभोग गर्न सक्नुहुनेछ ।”

3 ad - 1
3 ad - 2
3 ad - 3

बैंकका अनुसार यो सेवा प्रयोग गरिरहेका संस्थागत ग्राहकले अब कर्पोरेट इन्टरनेट बैंकिङ मार्फत सेवा प्रयोग गर्न सक्नेछन् ।

बैंकको इन्टरनेट बैंकिङ सेवाका सक्रिय उपभोक्ताले ‘ग्लोबल स्मार्ट प्लस’ अथवा कर्पोरेट इन्टरनेट बैंकिङ सुविधा नलिएको अवस्थामा व्यक्तिगत ग्राहकलाई ग्लोबल स्मार्ट प्लस र संस्थागत ग्राहकलाई कर्पोरेट इन्टरनेट बैंकिङमा स्थानान्तरणरमाइग्रोसन गरिने बैंकले उल्लेख गरेको छ ।

स्थानान्तरण भएका ग्राहकले ग्लोबल स्मार्ट प्लस अथवा कर्पोरेट इन्टरनेट बैंकिङमा आफ्नो पुरानै युजरनेम प्रयोग गरी सेवा सुचारु गर्नुपर्नेछ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?