National life

प्रतिनिधिसभा बैठक : सुन तस्कारीको घटनाबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग कायमै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२३ साउन २०८०, मङ्गलबार
580Shares
प्रतिनिधिसभा बैठक : सुन तस्कारीको घटनाबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग कायमै
ncell
काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठकमा पनि सुन तस्कारीको घटनाबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग दोहोर्‍याइएको छ ।
बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद् योगेश भट्टराईले सुन तस्कारीको जरोसम्म पुगेर घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै उच्चस्तरीय समिति गठन हुनुपर्ने विषयमा विमति राख्न आवश्यक नभएको धारणा राखे ।
उनले सार्वजनिक लेखासमितिको बैठकले पनि समिति गठन गर्न सरकारलाई गम्भीर ध्यानाकर्षण गराएको स्मरण गराए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीले सोही विषयमा राखेको सार्वजनिक महत्वको प्रस्तावमा आफ्नो पार्टीको समर्थन गरेको स्पष्ट पारे ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
भट्टराईले तीन दलका शीर्ष नेताको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रतिबद्धता व्यवहारमा रुपान्तरण भएमा सदनमा एमालेले कुनै अवरोध नगर्ने उल्लेख गरे ।
यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा बाहिरिएको र पक्राउ परेको करिब एक सय किलो सुन तस्करीका सम्बन्धमा उच्चस्तरीय छानबिनको माग गर्दै एमाले सदनको अवरोध जारी राखेपछि प्रमुख तीन दलका शीर्ष नेताको बैठक बसेको थियो । उक्त बैठकमा शीर्ष नेता सदन सञ्चालनमा सकारात्मक भएपछि आजको प्रतिनिधिसभाको बैठक बसेको हो । सो विषयमा अन्य दलका सांसद्ले पनि बोल्ने क्रम जारी छ । रासस
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
580SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?