काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले करिब एक महिना संसद्मा भएको अवरोधबारे प्रश्न उठाएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्ने क्रममा उनले संसद्मा भएको अवरोधबारे प्रश्न उठाएका हुन् ।
‘यतिका दिनसम्म संसद् किन बन्द भयो ? कसले बन्द गरायो?,’ उनले प्रश्न गरे ।
लामिछानेले अब संसद्मा अवरोध नगरी सार्वजनिक महत्त्वका विषय, संकटग्रस्त अर्थतन्त्र, निजामती र शिक्षा ऐनमा छलफल हुनुपर्ने बताए ।
लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरण र बालुवाटारको ललितानिवास हिनामिना प्रकरणमा छानबिन भइरहँदा प्रहरी अधिकारीको सरुवा हुनुमा गम्भीर शंका रहेकाे पनि उनले बताए ।
































