National life

अधिक तरलता व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँ खिच्दै केन्द्रीय बैंक, ३ बजे बोलकबोल हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ भदौ २०८१, बुधबार
869Shares
अधिक तरलता व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँ खिच्दै केन्द्रीय बैंक, ३ बजे बोलकबोल  हुने
ncell

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले ४० अर्ब रुपैयाँ खिच्ने भएको छ।

केन्द्रीय बैंकले २१ दिन अवधिको ४० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्न लागेको हो । यसका लागि बैंकले आज ३ बजे बोलकबोल गर्नेछ । यसअघि भदौ २ गते १ खर्ब रुपैयाँ तानेको केन्द्रीय बैंकल आज ४० अर्ब रुपैयाँ तान्ने भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो २१ दिने निक्षेप संकलन उपकरणको असोज २ गते साँवा तथा ब्याज भुक्तानी गरिने नेपाल राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गरिएको छ।

उक्त निक्षेप संकलन उपकरणमा लगानी गर्ने बैंकले त्यसलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सक्नेछन् । केन्द्रीय बैंकले भदौ दोस्रो पटक तरलता खिच्न लागेको हो

यो समाचार शेयर गर्नुहोस्
869SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?