National life

राष्ट्र बैंकद्वारा १० महिनामा ३७ खर्बभन्दा बढी तरलता व्यवस्थापन

अघिल्लो वर्षको तुलनामा यस वर्ष विदेशी विनिमय कारोबारबाट हुने तरलता व्यवस्थापनमा समेत उल्लेख्य वृद्धि

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२७ जेठ २०८३, बुधबार
1.9kShares
राष्ट्र बैंकद्वारा १० महिनामा ३७ खर्बभन्दा बढी तरलता व्यवस्थापन
ncell

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा नेपाल राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत ठूलो परिमाणमा तरलता व्यवस्थापन गरेको छ ।

यस अवधिमा केन्द्रीय बैंकले करिब रु. ३७ खर्ब २६ अर्ब ६० करोड बराबरको तरलता प्रशोचन गरेको छ । यसमा निक्षेप सङ्कलन बोलकबोल, स्थायी निक्षेप सुविधा तथा नेपाल राष्ट्र बैंक ऋणपत्रजस्ता उपकरणहरूको प्रयोग गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, ओभरनाइट तरलता सुविधामार्फत केही रकम प्रवाह भए पनि समग्रमा ठूलो परिमाणमा तरलता बजारबाट हटाइएको तथ्यांक सार्वजनिक गरिएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने करिब रु. १९ खर्ब २३ अर्ब बराबरको तरलता मात्र प्रशोचन गरिएको थियो ।

यसैबीच, समीक्षा अवधिमा विदेशी विनिमय बजारमार्फत पनि ठूला कारोबार भएका छन् । वाणिज्य बैंकहरूबाट अमेरिकी डलर खरिद गरी करिब रु. ९४६ अर्बभन्दा बढी तरलता बजारमा प्रवाह गरिएको छ ।

साथै, सोही अवधिमा डलर बिक्री गरी भारतीय रुपैयाँ खरिद गर्ने प्रक्रिया पनि जारी रहेको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष विदेशी विनिमय कारोबारबाट हुने तरलता व्यवस्थापनमा समेत उल्लेख्य वृद्धि भएको देखिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?