National life

तरलता व्यवस्थापनमा केन्द्रीय बैंक सक्रिय, आजै ६० अर्बको बोलकबोल

संकलित रकमको साँवा तथा ब्याज आगामी असोज २६ गते भुक्तानी गरिने केन्द्रीय बैंकले जनाएको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२६ असार २०८३, शुक्रबार
1.1kShares
तरलता व्यवस्थापनमा केन्द्रीय बैंक सक्रिय, आजै ६० अर्बको बोलकबोल
ncell

काठमाडौं । बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले आज ६० अर्ब रुपैयाँ बजारबाट उठाउने भएको छ। केन्द्रीय बैंकले अल्पकालीन मौद्रिक उपकरणअन्तर्गत निक्षेप संकलनमार्फत उक्त रकम ९१ दिनका लागि व्यवस्थापन गर्न लागेको हो।

राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। न्यूनतम १० करोड रुपैयाँदेखि सुरु हुने र कुल आह्वान रकमभित्र रहने गरी ५ करोड रुपैयाँको गुणकमा आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन पाउनेछन्। संकलित रकमको साँवा तथा ब्याज आगामी असोज २६ गते भुक्तानी गरिने केन्द्रीय बैंकले जनाएको छ।

बैंकिङ प्रणालीमा तरलता सन्तुलन कायम राख्न र मौद्रिक स्थायित्व मजबुत बनाउन राष्ट्र बैंकले यस्ता उपकरण नियमित रूपमा प्रयोग गर्दै आएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?