National life

अधिक तरलता व्यवस्थापन गर्न ८० अर्ब रुपैयाँ तान्दै केन्द्रीय बैंक, ३ बजे बोलकबोल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ जेठ २०८२, बुधबार
819Shares
अधिक तरलता व्यवस्थापन गर्न ८० अर्ब रुपैयाँ तान्दै केन्द्रीय बैंक, ३ बजे बोलकबोल
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकलाई तरलता व्यवस्थापन चुनौतीपूर्ण थपिएको छ । अधिक तरलता बढेसँगै सोही तरलतालाई व्यवस्थापन गर्न राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीबाट आज बुधवारका दिन ८० अर्ब रुपैयाँ तान्ने भएको छ ।

यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहु ब्याजदरमा पनि बहु बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।

सावाँ तथा ब्याज भुक्तानी आगामी असार ४ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ । निक्षेप संकलनको बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
819SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?