काठमाडौं । मंगलवारका दिन किर्तिमानी कायम गरेको सुनको मूल्यमा आजभने गिरावट आएको छ ।
अघिल्लो दिन प्रतितोला १७ सय रुपैयाँले बढेको सुनको मूल्य आज घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ५ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ७ रुपैयाँ कायम थियो।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि ५ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४१ हजार ५ रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ३५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८२५ रुपैयाँ कायम भएको छ ।

































