National life

ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० साउन २०८१, बिहिबार
492Shares
ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त
ncell

काठमाडौँ । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले रेग्मीलाई सीईओमा नियुक्त गरेको हो ।

उनीले भदौ १ गतेबाट कार्यभार सम्हालेछन्। बैंकिंङ क्षेत्रमा ३५ बर्ष  अनुभव भएका उनले विभिन्न बैंक तथा वित्तीय संस्थामा काम गरिसकेका छन् ।

Royal Enfield
nic asia capital
राष्ट्रिय वाणिज्य बैंकमा लामो समय काम गरेका उनले ग्लोबल आइएमई बैंकमा व्यापार नीति, औद्योगिक ऋण, ऋण रिकभरी, शाखा सञ्चालन, ऋण जोखिम तथा प्रशासन जस्ता विभिन्न बैंकिङ विभागमा रहेर नेतृत्व गरिसकेका छन् ।

उनी यसअघि उनी २०७८ साउनमा वरिष्ठ डीसीईओमा नियुक्त भएका थिए । रेग्मी २०६५ वैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । रेग्मीले बेलायतको युनिभर्सिटि अफ वेल्सबाट सन् २००१ मा एमबीए गरेका छन् । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
492SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?