काठमाडौँ । भागीरथी भट्टराई ज्ञवाली ग्लोबल आइएमई बैंकको स्वतन्त्र र महिला सञ्चालकमा नियुक्त भएकी छिन् ।
हिजो बिहीबार बसेको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको थियो। त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गरेकी ज्ञवाली लामो समयदेखि संघसंस्थामा रहेर काम गरेको अनुभव राखेकी छन् ।
उनको नियुक्तिसँगै ग्लोबल आइएमई बैंकको ७ सदस्यीय सञ्चालक समितिले पूर्णता पाएको छ ।
बैंकको अध्यक्षमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल छन् ।































