National life

भदौ महिनासम्म १ खर्ब ६९ अर्ब रुपैयाँ राजस्व संकलन, कुन शीर्षकमा कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ असोज २०८१, मङ्गलबार
463Shares
भदौ महिनासम्म १ खर्ब ६९ अर्ब रुपैयाँ राजस्व संकलन, कुन शीर्षकमा कति ?
ncell

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको २ महिनामा १ खर्ब ६९ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । संकलन भएको राजस्व लक्ष्यको ११ दशमलव ५२ प्रतिशत हो ।

गत आर्थिक वर्षमा १० खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गरेको सरकारले भदौ मसान्तसम्म कर राजस्वबाट १ खर्ब ४५ अर्ब १९ करोड ३३ लाख रुपैयाँ संकलन गरेको छ । गैर कर राजस्व अन्तर्गत २१ अर्ब १९ करोड ४३ लाख रुपैयाँ संकलन गरेको छ भने अन्य आम्दानी अन्तर्गत ३ अर्ब १३ करोड ३ लाख रुपैयाँ गरी कुल १ खर्ब ६९ अर्ब ५१ करोड ७९ लाख रुपैयाँ राजस्व संकलन गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै चालू आर्थिक वर्षको भदौ महिनासम्म सरकारले १ खर्ब ३७ अर्ब रुपैयाँ खर्च गरेको छ। जुन कुल लक्ष्यको ७.३९ प्रतिशत हो। चालु आवको पहिलो दुई महिनामा पुँजीगत तर्फ वर्ष २ महिनामा १४ अर्ब ८९ करोड रुपैयाँ खर्च भएको छ ।

चालू तर्फ ८२ अर्ब ९८ करोड रुपैयाँ तथा वित्तीय व्यवस्थापन तर्फ ३९ अर्ब ६७ करोड रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । गत वर्ष २ महिनामा चालू तर्फ ८७ अर्ब ६६ करोड रुपैयाँ, तथा वित्तीय व्यवस्थापन तर्फ ३५ अर्ब ३१ करोड रुपैयाँ खर्च भएको हो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
463SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?