काठमाडौँ। संगीता पहाडीलाई सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा नियुक्त गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पहाडीलाई आगामी चार वर्षका लागि टेलिकम प्रबन्ध निर्देशक नियुक्त गरेको हो। पहाडी यसअघि २०८० असोज दोस्रो सातादेखि टेलिकमको निमित्त प्रबन्ध निर्देशक थिइन् । निमित्तको जिम्मेवारी सम्हाल्दा पहाडी नायब प्रबन्ध निर्देशक थिइन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘नेसनल पेमेन्ट गेटवे सिस्टम’ मा भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेपछि टेलिकममा तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल निलम्बनमा परेपछि अदालतबाट फैसला नआउन्जेल टेलिकमको नेतृत्व पहाडीले गरेकी थिइन् ।
तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी उनले १० फागुन २०५१ मा स्थायी नियुक्ति लिएकी थिइन् । १८ माघ २०७८ मा नायब प्रबन्ध निर्देशक भएकी पहाडीले दुई पटक टेलिकम प्रबन्ध निर्देशक बन्न आवेदन दिएकी थिइन् ।
‘बिहीबारको मन्त्रिपरिषद् बैठकले मलाई नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेकोमा खुशी लागेको छ । आफ्नो चार वर्षे कार्यकालमा टेलिकमलाई अझै उचाइमा लैजाने मेरो लक्ष्य छ । उनले भने

































