National life

तिहारमा ४ हजार ३ सय ८५ थान असर्फी बिक्री, साढे १९ करोड बढी आम्दानी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ कात्तिक २०८१, शुक्रबार
506Shares
तिहारमा ४ हजार ३ सय ८५ थान असर्फी बिक्री, साढे १९ करोड बढी आम्दानी
ncell

काठमाडौँ । घरेलु बजारमा निरन्तर उचाइ कायम गरेको सुनको मूल्यसँगै यस वर्षको तिहारमा नेपाल राष्ट्र बैंकलेको टक्सार विभागमार्फत साढे १९ करोड रुपैयाँभन्दा बढी मूल्यका सुन र चाँदीका सिक्का बिक्री गरेको छ।

कात्तिक ११ देखि १४ गतेसम्मको समयमा उक्त कारोबार भएको हो। कात्तिक १३ गते धनतेरसको दिन मात्रै सुनका सिक्का (असर्फी) बिक्री गरिएको थियो, जहाँ १६ करोड १६ लाख ५३ हजार २५ रुपैयाँ बराबरका ४ हजार ३ सय ८५ थान असर्फी बिक्री भएका थिए । प्रति थान असर्फीको मूल्य ३६ हजार ८ सय ६५ रुपैयाँ निर्धारण गरिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राष्ट्र बैंकले यस वर्ष सुन अभावका कारण अघिल्ला वर्षजस्तो २.५, ५, र १० ग्रामका सिक्का नभई केवल २.५ ग्रामका सिक्का मात्र बिक्री गरेको थियो । सामान्य व्यक्तिका लागि एक थान मात्र बिक्री गरिएको असर्फीको माग उच्च रहेको थियो । चार दिनसम्म चलेको चाँदीको सिक्काको बिक्रीमा कुल १६ हजार ७ सय ४० थान, ३ करोड ५१ लाख ७ हजार ६ सय रुपैयाँ बराबरका सिक्का बिक्री भएका थिए ।

राष्ट्र बैंकका अनुसार तिहारमा सुन र चाँदीका सिक्काप्रतिको माग उच्च हुने भएकाले बैंकले विशेषतस् यही समयमा यी सिक्काको बिक्री वृद्धि गर्न प्राथमिकता दिएको हो । यी सिक्का सजावट, धार्मिक कार्यहरू र संग्रहणीय सामाग्रीका रूपमा विशेष लोकप्रिय छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
506SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?