काठमाडौँ। हिन्दु नेपालीको दोस्रो मुख्य चार्ड तिहार बिदामा नेपाल आयल निगमका डिपोहरू आलोपालो मार्फत खुल्ने भएका छन्।
पाँच दिन लामो तिहारको बिदामा निगमका डिपोहरू एकदेखि तीन दिनदेखि खुल्ने व्यवस्था गरिएको हो । बिदाको यो अवधिमा बाग्मती प्रादेशिक कार्यालय थानकोट बिहीबार र शनिवार बाहेक अरू दिन खुला रहने भएका छन् ।
नेपालगञ्ज र दाङ डिपोमा भने शुक्रवार मात्रै खुल्नेछ। त्यस्तै, दिपायल र सुर्खेत डिपोहरू आवश्यकता अनुसार खुल्ने जनाइएको छ भने बाँकी सबै डिपोहरू शुक्रवार र सोमबार खुल्ने गरी कार्यतालिका बनाइएको छ।
देशभर छरिएर रहेका विभिन्न कार्यालयमध्ये प्रादेशिकसहित १३ स्थानबाट पेट्रोलियम पदार्थको बिक्री वितरण गर्ने छ । कोशी प्रदेशमा विराटनगरबाट, मधेशमा अमलेखञ्ज, बागमतीबाट थानकोट, गण्डकीबाट पोखरामा बिक्री वितरण हुने निगमले जानकारी दिएको छ ।
लुम्बिनीमा भैरहवा, कर्णालीमा सुर्खेत, सदुरपश्चिममा धनगढी लगायतका स्थानबाट बिक्री हुने बताइएको छ । यस्तै, नेपालगञ्ज र दाङ तथा वीरगन्ज, चारआली र दिपायलबाट समेत पेट्रोलियम पदार्थको बिक्री वितरण गर्ने निगमले जानकारी दिएको छ ।



































