National life

तिहार बिदामा समेत खुला रहने यी बैंकहरु: कुन दिन कुन शाखा खुल्ला रहन्छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ कात्तिक २०८१, बिहिबार
1.1kShares
तिहार बिदामा समेत खुला रहने यी बैंकहरु: कुन दिन कुन शाखा खुल्ला रहन्छ ?
ncell

काठमाडौँ। आज लक्ष्मी पूजा हिन्दु नेपालीको दोस्रो ठुलो चार्डको रूपमा मनाइने चार्ड तिहार भित्रिएसँगै आजदेखि बैंक तथा वित्तीय संस्थाहरू तथा शेयर बजार र सरकारी कार्यालयहरू बन्द हुने भएका छन् ।

यसैबिच सरकारी बिदामा समेत केही बैंकहरुले भने आफ्नो सेवा दिने भएका छन् । देशभरका आफ्ना प्रमुख शाखा कार्यालयहरूबाट विभिन्न बैंकहरुले बिदामा पनि निश्चित अवधिसम्म आफ्नो सेवा सुचारु गर्ने भएका छन् । बैंकहरुले आफ्नो कुन ठाउँको कुन शाखा कति समय खुला राखेर सेवा दिने भनेर सार्वजनिक सूचना नै जारी गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सेवाग्राहीको आवश्यकता सम्बोधन गर्नका लागि बैंक तथा वित्तीय संस्थाले विगतका वर्षहरूमा जस्तै यस वर्षको तिहार बिदामा पनि कार्यालय खुला राख्ने भएका हुन् । यद्यपि, बैंक तथा वित्तीय संस्थाहरूले निश्चित समयमा विभिन्न शाखा कार्यालयहरू सञ्चालनमा ल्याउने सार्वजनिक सूचनामा उल्लेख गरेका छन् ।

तिहार बिदामा आफ्नो सेवा नियमित राख्ने वाणिज्य बैंकका शाखाहरू

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले कात्तिक १५ गते बैंकको गाईघाट, धुलाबारी, बुद्धबारे, झुम्का, विराटचोक, विरगंज, राजविराज, न्यूरोड, ढुङ्गेअड्डा, कुलेश्वर, अनामनगर, बनस्थली, कमलादी, चावहिल, नक्साल, गोङ्गवु, सिनामंगल, तिनकुने, पानीपोखरी, गोठाटार, कुपण्डोल, जावलाखेल, बनेपा, हेटौँडा बैंक रोड, भरतपुर, पर्सा, बाग्लुङ्ग, पोखरा न्यूरोड सभागृह चोक, बेसीशहर, दमौली, गैंडाकोट, मिलनचोक, बुटवल, नयाँ मिल, भैरहवा, नेपालगञ्ज, लिवाङ्ग, तुलसीपुर, तम्घास, तानसेन, कपिलवस्तु, दैलेख, थारमारे, सुर्खेत बि, डडेल्धुरा र बलिया शाखाबाट आफ्नो सेवा दिने भएको छ ।

त्यस्तै बैंकले कात्तिक १६ गते गाईघाट, बिर्ताकोड, दमक, इनरुवा, कञ्चनबारी, इटहरी, विरगंज, जनकपुर, धापासी, मध्यबानेश्वर, कलंकी, त्रिपुरेश्वर, जोरपाटी, सानो गौचरण, कुमारीपाटी, गीतानगर, माडी, पनौती, ठिमी, लोकन्थली, खोले सिमल, शहिदचोक, चिप्लेढुङ्गा, अमरसिंहचोक, कावासोती, त्रिभुवन चोक, नेपालगंच, बुटवल, लखन पार्क घोराही, महेन्द्रनगर र क्यापसचोक धनगढी शाखाबाट आफ्नो सेवा जारी गर्ने उल्लेख गरेको छ ।

त्यस्तै, कात्तिक १७ गते विराटनगर, धरान, काँकडभिट्टा, विरगंज, गोलाबजार, लालबन्दी, गौर, सिराह, शंखमुल, महाराजगंज, लगनखेल, सातदोबाटो, सूर्यविनायक, बेल्चोक, न्यूरोड पोखरा, भैरहवा नारायणथान, घोराही, पुष्पलाल चोक, नेपालगंज, बुटवल मेन, लम्की र धनगढी शाखाहरुबाट सेवा दिने बैंकले जनाएको छ ।

कात्तिक १८ गते भाईटिकाको दिन तिनपैनी, जनकपुर स्टेशन रोड, कान्तिपथ, बुटवल राम मन्दिर लाइन, सुर्खेत र धनगढी मेन रोड शाखा खुला रहनेछ । कात्तिक १९ गते, विराटनगर, गाईघाट, बिर्तामोड, विरगंज, लहान, जनकुर, ठमेल, सुन्धारा, बालाजु, कोटेश्वर, टाँडी, नारायाणघाट, हेटौँडा बैंक रोड, बाग्लुङ्ग, सभागृह चोक पोखरा, दलदले, बुटवल, नयाँ मिल, भैरहवा नारायणथान, तुलसीपुर, घोराही बि, रामपुर पाल्पा, नेपालगंज, अत्तरिया र टीकपुर शाखाबाट सेवा दिने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रभु बैंक

प्रभु बैंकको आफ्नो मूख्य शाखाहरू बबरमहल र जनकपूर शाखबाट कात्तिक १५, १६, १७ र १९ गते निश्चित समयका लागि सेवा खुला गर्ने भएको छ । त्यस्तै, बैंकको कमलादी, जावलाखेल, विराटनगर, इटहरी, विरगंज, पोखरा नेपालगंज, भैरहवा र धनगढी शाखा कात्तिक १५, १६ र १९ गते खुला रहने बैंकले जारी गरेको सूचनामा उल्लेख छ। यी शाखाहरू बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म खुला हुनेछ । कात्तिक १८ गत आइतबार भाइ टिकाको दिन सबै शाखाहरू बन्द रहने बैंकको सूचनामा उल्लेख छ।

कृषि विकास बैंक

कृषि विकास बैंकले आज कात्तिक १५ गते बैंकको विराटनगर, इटहरी, जनकपुर, राजविराज, मिर्चैया, बर्दिबास, सातदोबाटो, सल्लाघारी, कलंकी, बत्तीसपुतली, सामाखुशी, विरेन्द्रनगर कान्तिराजपथ, हाकिमचोक, कुश्मा, रजहर, बुटवल, सिद्धार्थनगर, तम्घास, घोराही, तुलसीपुर, धम्बोझी, कोहलपुर, गुलरीया, जुम्ला, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट सेवा दिने भएको छ ।

कात्तिक १६ गते कन्चनबारी, दमक, जनकपुर शिवचोक, राजविराज, मिर्चैया, बर्दिवास, पुतलीसडक, सातदोबाटो, चाबहिल, बनेपा, पुल्चोक, हेटौँडा, नारायणगढ, बाग्लुङ्ग, मालेपाटन, कावासोती, खस्यौली, तौलिहवा, परासी, त्रिमार्ग, नारायणपुर, न्यूरोड, नेपालगंज, गुलरीया, जुम्ला, क्याम्पसरोड महेन्द्रनगर शाखाहरू खुला रहने बैंकको सूचनामा उल्लेख छ।

कात्तिक १९ गते बिहीबार जनकपुर रामानन्दचोक, ढल्केवर, राजविराज, लाहान, जलेश्वर, गोलबजार, विरगंज, गौर, इश्वरपुर, कोटेश्वर, मंगलबजार, जोरपाटी, न्यूरोड, रत्नपार्क, कान्तिराजपथ, पर्साखैरहनी, धादिङवेशी, पोखरा, भैरहवा, तानसेन, सन्धिखर्क, घोराही, तुल्सीपुर, धम्बोझी, कोहलपुर, जुम्ला र क्याम्पसरोड महेन्द्रनगर शाखाबाट सेवा दिने बैंकले जनाएको छ। यी शाखाहरू बिहान १ बजेदेखि दिउँसो १ः३० बजेसम्म खुला रहनेछन् ।

nic asia capital

काठमाडौं। आज लक्ष्मी पुजा हिन्दु नेपालीको दोस्रो ठूलो चार्डको रुपमा मनाइने चार्ड तिहार भित्रिएसँगै आजदेखि बैंक तथा बित्तीय संस्थाहरु तथा शेयर बजार र सरकारी कार्यालयहरु बन्द हुने भएका छन् ।

यसैबिच सरकारी बिदामा समेत केही बैंकहरुले भने आफ्नो सेवा दिने भएका छन् । देशभरका आफ्ना प्रमुख शाखा कार्यालयहरुबाट विभिन्न बैंकहरुले विदामा पनि निश्चित अवधिसम्म आफ्नो सेवा सूचारु गर्ने भएका छन् । बैंकहरुले आफ्नो कुन् ठाँउको कुन् शाखा कति समय खुला राखेर सेवा दिने भनेर सार्वजनिक सूचना नै जारी गरेका छन् ।

सेवाग्राहीको आवश्यकता सम्बोधन गर्नका लागि बैंक तथा वित्तीय संस्थाले विगतका वर्षहरूमा जस्तै यस वर्षको तिहार विदामा पनि कार्यालय खुला राख्ने भएका हुन् । यद्यपि, बैंक तथा वित्तीय संस्थाहरुले निश्चित समयमा विभिन्न शाखा कार्यालयहरु सञ्चालनमा ल्याउने सार्वजनिक सूचनामा उल्लेख गरेका छन् ।

स्टान्डर्ड चार्टर्ड बैंक

स्टान्डर्ड चार्टर्ड बैंकले कात्तिक १५ गते नयाँ बानेश्वर, बुटवल र पोखरा शाखा खुला रहनेछ । कात्तिक १६ गते न्यूरोड काठमाडौँ, विराटनगर, वीरगंज, धरान र नारायणघाट शाखा खुला रहनेछ । त्यस्तै, कात्तिक १९ गते बौद्धको शाखा खुला रहने बैंकले जारी गरेको सूचनामा उल्लेख छ । यी शाखाहरू बिहान १० बजेदेखि १ बजेसम्म खुला रहने छन् ।

हिमालयन बैंक

हिमालयन बैंकले कात्तिक १५ गते दमक २, धरान २, विराटनगर, हिटी दरबार, पाटन, न्यूरोड, सिटिसि, भक्तपुर, महाराजगंज, भरतपुर, हेटौँडा, पोखरा १, बुटवल, भैरहवा, सुर्खेत, धनगढी र लम्की शाखाबाट आफ्नो सेवा दिने भएको छ। कात्तिक १६ गते वीरगंज, हिटी दरबार, पाटन, न्यूरोड, टेकु, स्वयम्भु र नेपालगंज शाखा खुला रहनेछन् । कात्तिक १९ गतेरोडशेष चोक, विर्तामोर्ड, इटहरी, हिटी दरबार, पाटन, न्यूरोड, नयाँ बानेश्वर १, कौशलटार, नारायणघाट, पोखरा १ र धनगढी शाखाबाट सेवा दिने सूचनामा उल्लेख छ। यी शाखा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुला रहनेछन् ।

प्राइम कमर्सियल बैंक

यस बैंकको कात्तिक १५ गते हनुमानदास रोड, धरान, काँकडभित्ता, बर्दीवास, न्यूरोड, कमलपोखरी, मंगलबजार, गठ्ठाघर, हेटौँडा, विपिचोक, भैरहवा, लेकबेशी र महेन्द्रनगर शाखा खुल्ला रहनेछन् । कात्तिक १६ गते इटहरी, पुष्पलालचोक, दमक, विरगंज, बागबजार, चावहिल, पुलचोक, हाकिम चोक, पृथ्वीचोक, नेपालगंज, छिन्चु र धनगढी शाखाहरू खुला रहनेछन् ।

त्यस्तै, कात्तिक १९ गते कंचनबारी, पकली, विर्तामोर्ड, जनकपूर, न्यूप्लाजा, कालिमाटी, पाटन, ठिमी, भरतपूर, न्यूरोड पोखरा, होराइजनचोक, विरेन्द्रनगर र अत्तरिया शाखाहरू खुला रहने बैंकले जनाएको छ । यी शाखाहरू बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंक

यस बैंकको कात्तिक १५ गते बत्तिस पुतली, गोंगबु, थापाथली, बनेपा, कमलविनायक, ठिमी, नारायणगढ, बगर, लुम्बिनी, पाल्पा, बुटवल, मनिग्राम, भैरहवा, बर्दघाट र धनगढी शाखा खुला रहनेछ । कात्तिक १६ गते विराटनगर, इटहरी, कञ्चनरुप, राजविराज, आदर्शनगर, नक्साल, सतुंगल, स्वयम्भु, नयाँ बजार पोखरा, दमौली, नेपालगंज, अत्तरिया र हेटौँडा शाखा खुला रहने बैंकले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । त्यस्तै, कात्तिक १९ गते कञ्चनबारी, सिराह, जनकपुर, महाराजगंज, बनेपा र राजपुर शाखाबाट आफ्नो सेवा दिने बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?