National life

दैनिक रेकर्ड बनाएको सुनको मूल्य प्रतितोला १ लाख ६० हजारको सँघारमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ असोज २०८१, सोमबार
469Shares
दैनिक रेकर्ड बनाएको सुनको मूल्य प्रतितोला १ लाख ६० हजारको सँघारमा
ncell

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले दैनिक रूपमा नयाँ रेकर्ड कायम गरिरहेको समयमा आज सोमबारका दिन फेरि उच्च मूल्य कायम गरेको छ ।

अघिल्लो दिन प्रतितोला १७ सय रुपैयाँले बढेको सुनको मूल्य आज फेरि ४ सय रुपैयाँले वृद्धि हुँदै सुनको मूल्य आजसम्मकै उच्च बिन्दुमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ कायम भएको छ । यसअघि भदौ ६ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो ।

Royal Enfield
nic asia capital

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ । अमेरिकी केन्द्रीय बैंक (फेड) ले ब्याजदरमा कटौती गरेसँगै सुनको मूल्य बढेको महासंघको भनाई छ ।

नेपाली बजारमा मात्रै नभएर अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्यले दैनिक रूपमा नयाँ रेकर्ड बनाई रहेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ६२८ डलर कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
469SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?