National life
cg eloctronics

नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा आवेदन दिने १७ जना को को हुन् ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ असार २०८१, बुधबार
754Shares
नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा आवेदन दिने १७ जना को को हुन् ?
ncell

काठमाडौँ। नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १७ जनाले आवेदकले आवेदन दिएका छन् ।

सञ्चार मन्त्रालयद्वारा गत जेठ २२ गते माग गरिएको दरखास्तमा १७ जनाले आवेदन दिएका हुन् ।  प्रबन्ध निर्देशक पदका लागि सञ्चार मन्त्रालयले गत जेठ २२ गते दरखास्त आवेदन माग गरेको थियो ।

आवेदन दिनेमा विमल आचार्य, लक्ष्मण महर्जन, बुद्धिप्रसाद आचार्य, कमल लामिछाने, राजेश जोशी, अनन्त प्रकाश मल्लिक, संगीता पहाडी अर्याल, शालिकराम पराजुली, शालिकराम सुवेदी, केदारनाथ कोइराला, नगेन्द्र कुमार दास, सुभाष शाह, लक्ष्मण महर्जन, प्रेमप्रसाद सिलवाल, अनिलकुमार झा, कृष्णप्रसाद भण्डारी, चिन्तामणि बराल र रमेशप्रसाद जोशी रहेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त पदका लागि ३५ वर्ष पूरा भएको र ५८ वर्ष उमेर ननाघेको, स्नातकोत्तर गरेको, टेलिकम क्षेत्र वा सरकारी स्वामित्वका सार्वजनिक संस्थामा काम गरेको १२ वर्षको अनुभव लामो अनुभव हुनुपर्ने जस्ता योग्यता निर्धारण गरिएको छ ।

आवेदन दिएका १७ जनामध्येबाट प्रस्तुतीकरण र अन्तरवार्ताका आधारमा अन्तिम छनौटका लागि ३ जना उम्मेदवारको नाम सिफारिस गरिनेछ ।  सरकारले ती ३ जनामध्येबाट १  जनालाई नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गर्नेछ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
754SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?