काठमाण्डौ ।साताको पहिलो कारोबारका दिन नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। गत शुक्रबार प्रतितोला ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज १ हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ४ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि बढेको छ ।
चाँदीको मूल्य ३५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८५० रुपैयाँमा कारोबार भईरहेको छ ।































