काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि भएको छ । अघिल्लो साताको अन्तिम कारोबारका दिन गत शुक्रबार प्रतितोला १५ सय रुपैयाँले बढेको सुनको मूल्य आज ७ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य भने घटेको छ ।
चाँदीको मूल्य १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ७२० रुपैयाँमा कारोबार भईरहेको छ। अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस सुन २ हजार ४३१ दशमलव १ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २७ डलर ४६ पैसामा कारोबार भइरहेको छ ।































