National life

प्रदर्शनकारीले निषेधाज्ञा तोडेपछि प्रहरीले हान्यो अश्रुग्याँस र पानीको फोका

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ कात्तिक २०८१, आइतबार
605Shares
प्रदर्शनकारीले निषेधाज्ञा तोडेपछि प्रहरीले हान्यो अश्रुग्याँस र पानीको फोका
ncell

काठमाडौँ । कास्कीको पोखरामा भएको प्रदर्शनमा प्रदर्शनकारीले निषेधाज्ञा तोडेपछि  प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकहरूले निषेधाज्ञा जारी स्थललाई तोडेर अगाडि बढ्न खोजेसँगै प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेको छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई अदालत उपस्थित गराइएको छ। शुक्रवार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई म्याद थपका लागि प्रहरीले आइतबार कास्की जिल्ला अदालत, पोखरा लगेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पोखराको सडकमा समर्थक र प्रहरीको बाक्लो उपस्थिति छ। सूर्य दर्शन सहकारीको बचत ठगी गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रविलाई पक्राउ गरेको थियो।

साथै, सूर्य दर्शन सहकारीका पीडितले पनि प्रदर्शन गरिरहेको छन्। यी दुवै समूहको प्रदर्शन स्थलको दूरी लगभग ५० मिटरको मात्रै छ। कास्की जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरे पनि रास्वपाका समर्थकहरूले प्रदर्शन जारी राखेपछि अवस्था तनावग्रस्त बनेको हो।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
605SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?