National life

निजी क्षेत्रसँग रास्वपा सभापति लामिछानेको संवाद पहल

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२० वैशाख २०८३, आइतबार
1.5kShares
निजी क्षेत्रसँग रास्वपा सभापति लामिछानेको संवाद पहल
ncell

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निजी क्षेत्रका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गर्ने तयारी गरेका छन्।

सरकारले पछिल्लो समय उद्योगी तथा व्यवसायीहरूलाई धमाधम पक्राउ गर्न थालेपछि निजी क्षेत्रभित्र त्रासको वातावरण बनेको छ। यही पृष्ठभूमिमा लामिछानेले उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शसँग आबद्ध व्यवसायीहरूलाई छलफलका लागि आमन्त्रण गरेका हुन्।

एक व्यवसायीका अनुसार आइतबारका लागि बोलाइएको छलफलमा समग्र आर्थिक अवस्था, व्यावसायिक वातावरण सुधार तथा निजी क्षेत्रले भोगिरहेका समस्याहरूको समाधानबारे विचारविमर्श हुने बताइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
निमन्त्रणापत्रमा अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक सुझावहरू संकलन गर्ने उद्देश्यसमेत उल्लेख गरिएको छ।

रास्वपा नेतृत्वमा सरकार गठन भएपछि केही उद्योगीहरू पक्राउ पर्न थालेपछि निजी क्षेत्रले चिन्ता व्यक्त गर्दै आएको छ। व्यवसायीहरूले कुनै पनि कारबाही अघि उनीहरूको पक्ष सुन्ने र प्रमाणका आधारमा मात्र निर्णय लिनुपर्ने माग राख्दै आएका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?