National life

भ्रष्टाचार आरोपमा व्यवसायी विशाल पण्डितसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ चैत २०८०, आइतबार
513Shares
भ्रष्टाचार आरोपमा व्यवसायी विशाल पण्डितसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा
ncell

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा मेडिकल व्यवसायी विशाल पण्डित सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डित, कोशी प्रदेशको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका बायोमेडिकल इन्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहता,  खोप अधिकृत उदेशकुमार, श्रेष्ठविरुद्ध, स्पिटेक इन्टरनेशनलका बजार व्यवस्थापक मनोजकुमार आचार्य विरुद्ध अख्तियारले मुद्दा दायर जनाएको छ ।

अख्तियारले उनीहरू विरुद्ध दुई करोड ८९ लाख ६६ हजार रुपैयाँ बिगो माग दाबी गरेको छ । विशेष अदालतका प्रवक्ता समेत रहेका धनबहादुर कार्कीले दिएको जानकारी अनुसार, कोशी प्रादेशिक अस्पतालमा कोरोना महामारीका बेलामा स्वास्थ्य उपकरण खरिदका क्रममा भ्रष्टाचार भएको भनी उजुरी परेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनीहरूले स्वास्थ्य निर्देशनालय धनकुटाले कोशी अस्पतालको कोभिड–१९ केन्द्रका लागि आह्वान गरेको बोलपत्रमा न्यून कबोल गर्नेलाई छनोट नगरी अनियमितता गरेको अख्तियारले दायर गरेको मुद्दामा उल्लेख छ ।

त्यसका साथै कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र, विराटनगरको लागि एचडीयूको उपकरण खरिद गर्दा प्रभावकारी बोलपत्र प्रस्तुत नभएको बेला पुनः बोलपत्र नगरेको अख्तियारले जनाएको छ । प्राविधिक दृष्टिकोणबाट प्रक्रिया पूरा नभएका बोलपत्रलाई पूरा भएको भनी गलत लिखत तयार गरी सबैभन्दा बढी रकम कबोल गर्ने हस्पिटेक इन्टरप्राइजेजको बोलपत्र स्वीकृत गरी उपकरण खरिद गरेको अख्तियारले उल्लेख गरेको छ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
513SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?