काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँ कायम भएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य पनि स्थिर रहँदै प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८१५ रुपैयाँ कायम भएको छ ।

































