National life

यस वर्षको तिहारमा ५० करोड बढी फूलको कारोबार, काठमाडौँ उपत्यकामा सर्वाधिक खपत

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ कात्तिक २०८१, बुधबार
631Shares
यस वर्षको तिहारमा ५० करोड बढी फूलको कारोबार, काठमाडौँ उपत्यकामा सर्वाधिक खपत
ncell

काठमाडौँ । यस वर्षको तिहारमा ५० करोड रुपैयाँ बढीको फूलको कारोबार भएको छ । फ्लोरिकल्चर एशोसिएसनका अनुसार सबैभन्दा धेरै खपत हुनेमा काठमाडौँ उपत्यकामा रहेको जानकारी दिएको छ ।

गत वर्षकै हाराहारीमा यस वर्ष फूलको कारोबार भएको छ । यस वर्ष उपभोक्ताले सामान्यतया एउटा मालाको २ सय देखि ५ सय रुपैयाँसम्म तिर्नुपरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
काठमाडौँ महानगरपालिका (कामपा) ले फूल बिक्री स्थल तोकेका कारण यस वर्ष गत वर्ष वा अन्य वर्षको तुलनामा सहज भएको फ्लोरिकल्चर एशोसिएसनको भनाई छ ।  यस वर्ष कामपाले नेपाली फूल किसानलाई फूल बेच्न ४६ स्थान तोकेको थियो ।

विशेषगरी तिहारमा प्रयोग हुने मखमली र गोदावरी फूल स्वदेशी उत्पादनले नै पुग्ने गरेको भए पनि सयपत्री र रातो गुलाफ भने भारतबाट आयात गर्नुपर्ने बाध्यता अझै कायम रहेको फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष दिलीप बादेले जानकारी दिएका छन्।

व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएका अध्यक्ष बादेको भनाई छ । पुष्प खेतीबाट ४४ हजारभन्दा बढी लाभान्वित भएका छन् ।  दुई सय २१ हेक्टरमा एक हजार एक सय ८४ व्यवसायीले पुष्पखेती हुदै आएको उनको भनाई छ।

काठमाडौँ उपत्यकाको तीन जिल्लासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ वटा जिल्लामा पुष्पखेती विस्तार भएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
631SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?