National life

यस साता सुनचाँदीका मूल्यमा नयाँ रेकर्ड: कुन दिन कतिमा भयो कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ असोज २०८१, शनिबार
466Shares
यस साता सुनचाँदीका मूल्यमा नयाँ रेकर्ड: कुन दिन कतिमा भयो कारोबार ?
ncell

काठमाडौँ । यस साता सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। साताको पहिलो दिन, आइतबार रेकर्ड कायम भएको सुनको मूल्य दोस्रो दिन सोमबार फेरि ऐतिहासिक रेकर्ड कायम भएको थियो।

आइतबार उच्च रेकर्ड राख्दै सुन प्रतितोला एक लाख ५६ हजार ८०० रुपैयाँ रहेको सुनको मूल्य सोमबार फेरि अर्को उच्च ऐतिहासिक रेकर्ड राख्दै एक लाख ५७ हजार ३०० रुपैयाँको उच्चस्तरमा पुगेको थियो ।

तर, त्यसपछि भने सुनको मूल्यमा सामान्य गिरावट आएको हो ।   

Royal Enfield
nic asia capital
बुधवार सुन सस्तिएर प्रतितोला एक लाख ५६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, सुनको मूल्य लगातार तेस्रो दिन पनि गिरावट आएको थियो। बिहीबार सुन प्रतितोला एक लाख ५५ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साताको अन्तिम दिन, सुन प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँ कायम भएको थियो। यो मूल्य साताको पहिलो दिनको तुलनामा प्रतितोला ३०० रुपैयाँले बढी हो।

यसैगरी, यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि वृद्धि भएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा तोकिएको थियो । साताको पछिल्लो कारोबार शुक्रवार भने बढेर एक हजार ९१५ रुपैयाँमा कारोबार भयो । यसरी, साताभरमा चाँदी १५ रुपैयाँले महँगिएको हो ।

यो समाचार शेयर गर्नुहोस्
466SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?